Section 35A
निःशुल्क उच्च शिक्षा तथा छात्रवृत्ति
(१) बिश्वविद्यालयले तोकेको मापदण्ड पूरा
गरी विश्वविद्यालय वा मातहतका आङ्गिक
तथा सामुदायिक शैक्षिक संस्थामा भर्ना
भएका दलित, सिमान्तीकृत, अपाङ्ग र
आर्थिक रूपले विपन्न बिद्यार्थीको लागि
उच्च शिक्षा निःशुल्क हुनेछ ।
(२) उपदफा (१) को प्रयोजनको लागि आधार, मापदण्ड, वर्गीकरण सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
(३) उपदफा (२) . बमोजिमको सुविधा एक विद्यार्थीले प्रत्येक तहमा एकपटक मात्र उपभोग गर्न पाउनेछ ।
(४) प्रचलित: कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दलित विद्यार्थीको लागि प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा भर्नाका लागि तोकिए बमोजिमको सिट सुरक्षित गरिनेछ ।
(५) विश्वविद्यालयले शहिद, बेपत्ता पारिएका र अपाङ्गता भएका व्यक्तिका छोरा, छोरीको लागि प्रचलित कानूनमा व्यवस्था भए बमोजिम उच्च शिक्षाको व्यवस्था गर्नेछ ।
(६) कक्षा छदेखि कक्षा दशसम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको विद्यार्थीले उच्च शिक्षामा प्रचलित कानून बमोजिम छात्रवृत्ति पाउनेछ ।